‘सामे स्क्वायर’को ट्रेलर रिलिज

तमिल सुपरस्टार चियान विक्रम अभिनित ‘सामे स्क्वायर’को ट्रेलर रिलिज भएको छ। फिल्म सन २००३ मा रिलिज भएको सुपरहिट फिल्म ‘सामे’को सिक्वल हो।

आइतबार फिल्मको ट्रेलर रिलिज गरिएको हो। फिल्मलाई हरिले निर्देशन गरेका हुन्।
फिल्ममा विक्रम पुलिस अधिकारीको भूमिकामा देखिएका छन्। फिल्ममा उनका अलावा कीर्ति सुरेश, प्रभु गनेशन, बबी सिम्हा आदिको मूख्य भूमिका रहेको छ।
ट्रेलर: