बच्चा जन्माउन बिहे आवश्यक छैन

भारतीय टिभी अभिनेत्री समा सिकन्दर आफ्ना सेक्सी तस्बिरका कारण चर्चामा आउने गरेकी छन् । उनले आफ्ना व्यावसायीक प्रेमी जेम्स मिलिरानसँग दुई वर्ष अघि इन्गेजमेन्ट गरेकी थिइन् ।

बिहेको लामो तयारी गरे पनि उनीहरू निर्णयमा पुग्न सकेनन् । जीवनलाई मनोरञ्जनमा नै बिताउनुपर्नेमा विश्वास राख्ने समाले बच्चा जन्माउनकै लागि बिहे आवश्यक नरहेको पनि बताएकी छन् ।

उनले भनिन्,‘म बच्चा जन्माउनकै लागि बिहे गर्दिन, बच्चै चाहिँदा त्यसको आवश्यक छैन ।’ उनले मन, प्रेम आगन, अंश, धुम धडाकालगायतका फिल्ममा पनि अभिनय गरेकी छन् । एजेन्सी