छोरी सँगको फोटोका कारण विवादमा आमिर

बलिउड सुपरस्टार आमिर खान विवाद र गसिपका विषयबाट प्राय: टाढा बस्न रुचाउँछन्। तर अहिले एक तस्बिरका कारण उनी विवादमा फसेका छन्।

आमिरले आफ्नो फेसबुकमा छोरीसँगको एउटा फोटो सार्वजनिक गरेका छन् । जहाँ अमिर छोरी इरासँग खुल्ला चौरमा रमाइरहेका छन्। उनले फिल्म ‘कयामत से कयामत तक’का निर्देशक मन्सुर खानको ६०औं जन्मदिनको अवसरमा खिचेका केही तस्बिर सेयर गरेका छन् ।

तस्बिरमा आमिर आफ्नी छोरी इरासँग पार्कमा खेल्दै गरेका छन्। तस्बिरको विषयलाई लिएर कमेन्टबक्समा पनि बुवा–छोरीको सम्बन्धलाई एकदमै अभद्र किसिमको टिप्पणी गरिएको छ।