‘तिमी हुन्छौ जहाँ जहाँ’ ट्रेलर रिलिज

मदन दवाडीको प्रस्तुती रहेको बहुप्रतिक्षित नेपाली कथानक चलचित्र तिमि हुन्छौ जहाँ जहाँको प्रोमो रिलिज भएको छ । त्रिकोणात्मक प्रेम कथामा आधारित मानिएको चलचित्र बि एण्ड बि व्यानरमा निर्माण भएको हो । मनिष सुन्दर श्रेष्ठ र मनिला जोशीको मुख्य भुमिका रहेको यस चलचित्रमा हिमाल पारीको जिल्ला मुस्ताड.को रमणीय दृष्य कैद गरिएके छ । निकै उच्च बजेटमा गरिएको भनिएको चलचित्र निर्माण समयमा आफुले कहि कतै पनि कम्प्रमाईज नगरेको प्रस्तुतकर्ता दवाडीले बताएका छन् ।

उक्त फिल्मको शिर्ष गितले पनि यतिबेला निकै चर्चा बटुलिरहेको छ । अर्जुन पोख्रेलको संगित रहेको यस चलचित्रमा मनिष र मलिनाको अलवा बिश्व वस्नेत ,रुपा राना, स्वरुप पुरुष ढकाल।रवि गिरी,गोपाल ढकाल छन्दे , गिता अधिकारी,तमन्ना केसी,सन्दिप पोख्रेल र बिनिता वलि लगायतको अभिनय रहेको छ । रामशरण उप्रेतीको छायांकन रहेको यो चलचित्रमा रोशन श्रेष्ठको द्वन्द रहेको छ । बिकास बस्यालको लेखन तथा निर्देशन रहेको तिमि हुन्छौ जहाँ जहाँमा कार्यकारी निर्माता प्रकाश बास्कोटा रहेका छन् भने मदन दवाडी,हरि प्रसाद अधिकारी र डाल चन्द्र दवाडी यसका निर्माता हुन् ।