फिल्म‘हरि’को दोस्रो ट्रेलर सार्वजनिक

फिल्म‘हरि’को दोस्रो ट्रेलर सार्वजनिक भएको छ । एक मिनेट ४६ सेकेण्डको ट्रेलरन् युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

ट्रेलरमा देखाइए अनुसार, बिपिन एक फाइनान्सका म्यानेजर हुन्छन् ।
ट्रेलरसँगै ‘हरि’को प्रदर्शन मिति पनि तय गरिएको छ । हरि यही जेठ १८ गतेबाट प्रदर्शनमा आउने जानकारी गराइएको छ ।

फिल्म हरि सफल केसी र प्रतीक गुरुङको संयुक्त लेखन र निर्देशनमा बनेको हो । नेपाली फिल्ममा नयाँ र फरक विषयवस्तुमा हरि निर्माण भएको बताइएको छ ।

फिल्ममा विपिनसँगै सुनिता श्रेष्ठ ठाकुर, कमलमणी नेपाल, थिन्ले लोह्मो, लक्ष्मी बर्देवा लगायतका कलाकारको अभिनय रहेको छ।

ट्रेलर हेर्नुहोस्ः