ज्याकलिनको सफलताको श्रेय सलमानलाई

बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज सन् २०१४ मा आएको फिल्म ‘किक’ बाट पहिलो पटक सलमान खानका साथमा देखिएकी थिइन्। उनी यो वर्ष ‘रेस ३’ मा फेरि सलमानसँग देखिँने छिन ।

फिल्ममा सलमान मुख्य भूमिकामा छन् भने अनिल कपुर, बवी देवल, ज्याकलिन, डेजी शाह लगायतको कलाक्र्को अभिनय रहेको छ।

यसै क्रममा फिल्मी यात्राबारे कुरा गर्दै ज्याकलिनले आफ्नो सफलताको सम्पूर्ण जस सलमानलाई दिएकी छिन्। उनले भनेकी छन्, ‘आज म जे छु, सलमान खानकै कारण छु।’

सलमानले आफ्नै लगानीको कतिपय फिल्ममा पनि ज्याकलिनलाई अवसर दिएको भारतीय मिडियाले जनाएको छ ।