फिल्म ‘चङ्गा’को ट्रेलर सार्वजनिक

हास्य कलाकार डिठ्ठा साबले निर्देशन गरेको फिल्म ‘चङ्गा’को ट्रेलर सार्वजनिक भएको छ। सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गराउदै फिल्मका निर्माण टिमले ट्रेलर सार्वजनिक गरेको हो । यस अघि फिल्मको ‘कम्पनि माला’ बोलको गीत सार्वजनिक भएको थियो । कमेडीका साथ साथै सस्पेश बोकेको फिल्मको लेखन तथा निर्देशन डिठ्ठा साब अर्थात् किशोर भण्डारीले गरेका हुन्।
रेश्मा तिमिल्सिनाले निर्माण गरेको फिल्ममा बुद्दी तामाङ, कमलमणि नेपाल, अंकित खड्का, लक्ष्मी वर्देवा, रेश्मा तिमिल्सिना, प्रेमबर्षा खड्का, जीवन भट्टराई, राजन खतिवडा, लकी भण्डारी लगायतका कलाकारको अभिनय छ ।

यहि जेष्ठ २५ गतेबाट प्रदर्शन हुने फिल्ममा राजनराज सिवाकोटी,कमल खत्रीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, नवराज उप्रेतीको छायाँकन र कृष्ण भण्डारीको सम्पादन छ ।
हेर्नुहोस ट्रेलर: