‘एउटा यस्तो प्रेम कहानी’को टिजर सार्वजनिक

दिपेस सापकोटा निर्देशित फिल्म ‘एउटा यस्तो प्रेम कहानी’को टिजर सार्वजनिक भएको छ। आज काठमाडौँमा पत्रकार सम्मेलन गराउदै फिल्म निर्माण टिमले टिजर सार्वजनिक गरेको हो ।

एक्सन जनरामा निर्माण भएको फिल्मलाइ दिपेस सापकोटाले निर्देशन गरेका हुन् । भने फिल्ममा निर्माता शिव श्रेष्ठ रहेका छन् । भने सह निर्माताक रुपमा दिनेस दर्शन्धारी तथा यसोधा राई रहेकी छिन ।

फिल्ममा शिब श्रेष्ठ , करिश्मा मानन्धर , प्रियंका कार्की, वर्षा राउत, करिश्मा मानन्धरकी छोरी कविता मानन्धर, आयुष्मान जोशी , शिब श्रेष्ठका छोरा शक्ति श्रेष्ठ, सन्जोक कोइराला लगाएता कलाकारको अभिनय रहेको छ ।

शिब श्रेष्ठका छोरा शक्ति श्रेष्ठ तथा नेपाली फिल्म क्षेत्रम ड्रिम गलको नमबाटचिनिने नायिक  करिश्मा मानन्धरकी छोरी कविता मानन्धरको  यो डेब्यु  फिल्म हो  ।