फिल्म ‘शम्शेरा’मा अभिनेता रणवीर कपुरसँग अभिनेत्री बाणी कपुरको रोमान्स

यसराज फिल्मसको ब्यानरमा बन्न लागेको एक्सन फिल्म ‘शम्शेरा’मा अभिनेता रणवीर कपुरसँग अभिनेत्री बाणी कपुरको रोमान्स देखिने भएको छ ।

फिल्ममा वाणीलाई ठाउठाउ डुलेर कार्यक्रम देखाउँदै हिँड्ने भूमिकामा देखिनेछिन्। फिल्मका निर्देशक करणले यसको पुष्टि गरेका हुन्।

फिल्मका निर्देशक करनले फिल्ममा बाणीको भूमिका महत्वपूर्ण हुने बताएका छन्। उनले फिल्मको पातरका लागि वाणी सर्वोत्तम हुने भएकाले फिल्ममा अनुबन्धित गरिएको बताए। उनले फिल्ममा वाणीको उपस्थितिले दर्शकको पर्दामा ताजा हेर्न चाहने अपेक्षालइ सम्बोधन गर्ने बताएका छन् ।

वानीले सन् २०१३ मा यसराज निर्मित ‘शुद्ध देशी रोमान्स’बाट हिट डेब्यू गरेकी थिइन् । फिल्ममा अभिनेता संजय दत्त पनि प्रमुख भूमिकामा हुनेछन्। निर्देशक करनले फिल्म पूर्णतया मसालाप्रधान हुने बताएका छन् ।

दर्शकहरूले फिल्ममा अभिनय गर्ने कलाकारहरूलाई यसअघि कहिल्यै नदेखिएको स्वरूपमा हेर्न पाउने दाबी समेत गरेका छन् ।