आलिया भट्ट अभिनित फिल्म ‘राजी’सुपरहिट

आलिया भट्ट अभिनित फिल्म ‘राजी’ले वक्सअफिसमा निकै राम्रो कमाइ गर्न सफल भएको छ। फिल्मले प्रदर्शनको तेस्रो दिनसम्ममा फिल्मले ३२.९४ करोड भारूको कारोबार गर्न सफल भएको छ।

हरिन्द्र सिक्का लिखित ‘कलिङ सेहेमत’ नामक किताबमा आधारित पोलेटिकल थ्रिलर फिल्मलाई दर्शकले विषय, प्रस्तुति र कलाकारको अभिनयका कारण मनपराइरहेको भारतीय मिडियाहरूले जनाएको  छ।

अन्य भारतीय मसाला फिल्मको श्रेणीमा नपर्ने ‘राजी’लाई समिक्षकहरूले उत्कृष्ट भन्ने प्रतिक्रिया दिइरहेका छन्।

फिल्मले पाकिस्तानी सैन्य अधिकृतसँग विवाह गरेकी एक भारतीय महिलाको कथा पेस गर्छ। आलिया भट्टले फिल्ममा ‘सेहेमत’ नामक पात्रको केन्द्रिय भूमिका निर्वाह गरेकी छन्।

बलिउड फिल्म व्यापार विश्लेषक तरण आदर्शले फिल्मको कमाइलाई गतिलो कमाइको संज्ञा दिएका छन्। उनका अनुसार फिल्मले रिलिजको दिन शुक्रबार ७.५३, शनिबार ११.३०, आइतबार १४.११ करोड भारू कमाएको भारतीय मिडियाले जनाएको छ ।