फिल्म द योङ कार्ल माक्र्स चीनमा

कार्लमाक्र्सको जिवनी समेटिएको फिल्म द योङ कार्ल माक्र्स चीनमा शनिबारदेखि प्रदर्शनमा आएको छ । उक्त फिल्ममा कार्ल माक्र्स र ऐंगेल्सको बाल्यकाल समेटिएको छ । उक्त फिल्म शनिबारदेखि चीनका विभिन्न चलचित्र हलहरुमा प्रदर्शन भएको छ ।

उक्त फिल्ममा माक्र्स र एंगेल्सको बाल्यकाल, उनिहरुले एक आपसमा मिलेर कसरी काम गरे भन्ने बारेमा जानकारी समेटिएको छ ।

अष्ट्रेलिया, बेल्जियम, फ्रान्स र जर्मनीका कार्ल माक्र्सका सहयोगीहरुले निर्माण गरेको यस फिल्म हाइटियन फिल्म निर्माता कम्पनी राउल पेकले निर्देशन गरेका छन् । उक्त फिल्ममा जर्मन कलाकार अगष्ट डियाअलले कार्ल माक्र्सको भूमिका खेलेका छन् भने अरु कलाकारहरु पनि जर्मनीकै रहेका छन् ।