फिल्म ‘बेबी आई लव यु’को पोस्टर सार्वजनिक

लिची इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्म ‘बेबी आई लव यु’को पोस्टर सार्वजनिक भएको छ । काठमाडौँको युनियन हाउस स्थित पत्रकार सम्मेलन गर्दै फिल्म निर्माण टिमले पोस्टर सार्वजनिक गरेको हो ।

जनक पाण्डेको निर्देशन रहेको फिल्ममा सिर्जना परियार र दुर्गा पाण्डे सह-निर्माता रहेका छन् । भने फिल्ममा शिव न्यौपानेको लगानी रहेको फिल्ममा सन्तोस खड्की ,सरोज खनाल ,पुजा तिवारी , निर्मल शर्मा ,राजु कमेडी लगाएतका कलाकारहरुको मुख्य अभिनय रहेको छ ।