गायक देवराज आलेको लाउकी मोहनी (भिडियो सहित)

गायक देवराज आलेले लाउँकी मोहनी बोलको गीत लिएर आएका छन ्। राजु थापाको शब्दमा गायक तथा मोडल देवराज आले ले नै संगीत भरेका छन् । उदयराज पौडेलको संगीत संयोजन रहेको उक्त गीतमा अभिनयमा भने अस्मीता गुरुङले साथ दिएकी छिन् । निरोज श्रेष्ठले खिचेको गीतलाई अजय स्याङ्तानले सम्पादन गरेका छन् भने युवा निर्देशक कमल एक्चै मगरले निर्देशन गरेको हो ।

दामन लगाएत कुलेखानीको दृश्यलाई कैद गरेर निर्माण गरेको भिडियो हालै पर्फोमिङ आर्ट क्रियशन प्रा.लिको यु–ट्युव चानल बाट आधिकारी रुपमा बाहिर ल्याएको छ ।

हेर्नुहोस भिडियो :