फिल्म ‘वीरङ्गना‘को प्रर्दशन मिति तय

अभिनेत्री शिल्पा पोखरेल अभिनित फिल्म ‘वीरङ्गना‘को प्रर्दशन मिति तय भएको छ । फिल्म २९असारबाट देशब्यापी रुपमा प्रदर्शनमा आउने भएको हो । निर्देशक राजबहादुर सानेको जन्मदिनको अवसर पारेर फिल्मको प्रर्दशन मिती घोषणा गरिएसंगै फिल्मको प्रचार प्रसार सुरु गरिएको छ ।

एक्शन जनरामा निर्माण गरिएको फिल्म बाबुराम दास, श्यामबहादुर थापा, रघु परियार र विमला भट्ट निर्माता र देव तामाङ सह निर्माता रहेका छन् ।
र्फोथ आई मुभिजको ब्यानरमा निर्माण गरिएको फिल्ममा शिल्पाको अलवा अनुपाबिक्रम शाही, पृथ्वी राज प्रसाई, धिरेन शाक्य , प्रज्वल गिरी , प्रिया रिजाल, धु्रव कोइराला, सुशिल पोखरेल अंशु थापा, अमृत सापकोटा लगायतका कलाकारको अभिनय रहेको छ ।