लग्यौ’ को म्यूजिक भिडियो सार्वजनिक

मर्मस्पर्शी तथा कर्णप्रिय गीत ‘चुडी लग्यौ’ को म्यूजिक भिडियो नयाँ वर्षको अवसर पारेर सार्वजनिक भएको छ । विश्वभरका नेपालीहरुले नयाँ वर्ष हर्षोल्लासमय अवसरका रुपमा मनाईरहेको हुँदा नयाँ म्यूजिक भिडियोमार्फत शुभकामना दिन नयाँ वर्षको अवसर पारेर सार्वजनिक गरिएको म्यूजिक भिडियोमा अभिनय गरेका उदियमान युवा अभिनेता प्रकाश सुवेदीले जानकारी दिए ।

यस गीतको निर्देशन चर्चित नृत्य निर्देशक प्रदिप श्रेष्ठले गरेका हुन भने सो गीतमा राजसागरको स्वर तथा संगीत रहेको छ । निकै मिठासपूर्ण शब्द प्रयोग गरिएको सो गीत यशु थापाले सिर्जना गरेका हुन भने गीतको एरेन्ज् रिकेश गुरुङले गरेका छन् ।

नृत्य निर्देशक संघ नेपालको निर्माण रहेको तथा संघकै उपाध्यक्ष समेत रहेका नृत्य निर्देशक श्रेष्ठले यो म्यूजिक भिडियो आकर्षक तथा मनोरम स्थानमा छायांकन गरिएको र नयाँ वर्षको लागि उपहार स्वरुप सार्वजनिक गरिएको हुँदा दर्शकहरुले निकै मन पराउने बताए ।

नृत्य निर्देशक श्रेष्ठले निर्माण गरेका म्यूजिक भिडियोहरु यसअघि पनि निकै लोकप्रिय रहेको र यो गीतलाई पनि दर्शकहरुले माया गर्ने अपेक्षा गरिएको छ ।

यस गीतको छांयाकन गोदावरी भिलेज रिसोर्ट तथा गोदावरी क्षेत्रका मनोरम स्थलहरुमा गरिएको थियो जसलाई शिव ढकालले छायांकन गरेका छन् ।

यस गीतको म्यूजिक भिडियोमा युवा अभिनेता सुवेदीका साथमा मोडल रेनु लामा तथा संदिप गुरुङको पनि अभिनय रहेको छ ।