वर्ष ०७४ का कन्ट्रोभर्सी क्विन, जसले चलचित्र बजार नै तताए !

प्रकाश ढकाल, काठमाडौँ- नेपाली चलचित्र क्षेत्रमा प्राय: दिनहुँ जस्तो स्क्यान्डल र गसिपहरु बनि रहेका हुन्छन। यो क्रम आजबाट मात्र सुरु भएको भने पक्कै होईन । नेपाली चलचित्र क्षेत्र र कलाकारहरुको स्क्यान्डल अहिले एकअर्काका सहयात्री जस्तै भै सकेका छन । यस्तो गसिपबाट नेपालका नँया देखि पुराना सबै कलाकारहरु कुनै न कुनै तरिकाबाट मुछि सकेका छन । चाहे ति करिश्मा हुन् या कृष्टि मैनाली राजेश हुन्, या रमेश उप्रेती । या त् साम्राज्ञी हुन् या अनमोल केसी यी कुनै सेलिब्रेटी कन्ट्रोवर्सीबाट बच्न सकेका छैनन् बर्ष २०७४ पनि चलचित्र बजारमा धेरै कन्ट्रोवर्सीहरुले चर्चा कमाए तिनै कन्ट्रोवर्सीका बारे आज हामी चर्चा गर्दै छौ

१. साम्राज्ञीको ट्याटु :
ड्रिम्सबाट चलचित्र क्षेत्रमा प्रवेश गरिकी अभिनेत्री हुन् साम्राज्ञी राज्य लक्ष्मी शाह। पहिलो चलचित्रबाट नै सफलताको स्वाद चाखेकी यी अभिनेत्रीले ड्रिम्स पछि धेरै चलचित्रहरुको अफर पाए पनि गत बर्ष अभिनेत्री झरना थापाले निर्माण गरेको चलचित्र ‘ए मेरो हजुर २’ मा नव अभिनेता सलिनमान बनियाँ देखिईन। चलचित्रले सोचे जस्तै व्यापार गर्न पनि सफल भयो दोश्रो चलचित्र सम्म आई पुग्दा उनि धेरैको नजरमा पर्न सफल भै सकेकी थिईन। साम्राज्ञीको चर्चा सँगै उनि यो वर्ष कन्ट्रोवर्सीको शिकार पनि बनिन, कारण थियो उनको ट्याटु चलचित्र ‘कायरा’को छायांकनको क्रममा थाईल्याण्ड पुगेकी उनले उतै ट्याटु हान्न भ्याईन। आफ्नो स्तनको मुनिको भागमा हानेको उनको ट्याटुको चर्चा भने बर्ष भरि नै चल्यो सोहि कारण उनी ट्रोलको शिकार पनि बनेकी थिईन। उनको तेश्रो चलचित्र ‘तिमी सँग’ अहिले प्रदर्शन भै रहेको छ।

२. साम्राज्ञीको गाउँले प्रति घृणा:
चलचित्र ‘जय भोले’ का लागि निर्देशक अशोक शर्माले सुरुमा साम्राज्ञीलाई प्रस्ताव रखेको र उनले अस्वीकार गरेको खबरसँगै अर्को खबर बाहिरिएको थियो। जसले चलचित्र बजार धेरै नै तताएको पनि थियो। ‘जय भोले’मा काम नगर्नुको मुख्य कारण चलचित्रमा रहेको गाउँले केटिको भुमिका भनेर बाहिरिएको खबरले साम्राज्ञी गत बर्ष दोश्रो पटक कन्ट्रोवर्सीमा ल्यायो, पछि साम्राज्ञीले यो पनि जानकारी दिएकी थिईनकी समय अभावले चलचित्र गर्न नसकेको यो हैन की गाउँले भूमिका भएर।

३.ऋचा शर्मा भर्सेस छक्का पन्जा:
बर्ष ०७४को बीच तिर यस्तो एउटा गसीप बाहिरियोकी जसले गर्दा अभिनेत्री ऋचा शर्मा माथि पुरै चलचित्रका टिम नै खनीएका थिए। अभिनेत्री ऋचाले एउटा कार्यक्रममा बोल्दै उनले चलचित्र छक्का पन्जालाई मुर्खहरुले हेर्ने चलचित्र भन्दै आफुलाई चलचित्र मन नपरेको मात्र के भनेकी थिईन चलचित्रका पुरै टिम मिलेर उनिलाई डेडीकेट गर्दै ‘गेट वेल सून’ एउटा स्ट्याटस लेखे जसले गर्दा पनि यो बर्ष भरि नै उनि कन्ट्रोव्रसीमा रहिन।

४. सुष्मिता केसी भर्सेस अनमोल केसी:
अभिनेत्री सुष्मिता केसी यो बर्ष पनि गत बर्षहरु झैँ कन्ट्रोवर्सी फसिन कहिले पत्रकारको लैंगिकता माथि प्रश्न उठाउदै त् कहिले आफ्नै छोरालाई सत्यानाश होस् भन्दै खाली गलोज गर्दै। यो बर्ष उनि यी दुई घटनाबाट बर्ष भरि नै नकारात्मक ढंगबाट चर्चामा आईन। बर्षको सुरुवात मै उनले रंग पत्रकार उत्सव रसाईलीको लैंगिकता माथि प्रश्न उठाउदै ज्यान मर्ने धम्की पनि दिएकी थिईन, जुन घटना प्रहरी सम्म पुग्यो र पछि पत्रकारसँग माफी मागेर घटना साम्मे भएको थियो। पछि फेरी उनै कन्ट्रोवर्सी क्विन पुन: एक पटक आफ्नै छोरा अनमोललाई सत्यानाश भने पनि कन्ट्रोवर्सीको शिकार बनिन। उनले अनमोललाई ‘आमाको मन दुखाएर कसैको प्रगति भएको छ ? डिङ्गो पुत्रको सत्यनास..यही हो मेरो डिङ्गो डिप्लोमाटिक पुत्रलाई होलीको आर्शिबाद । ’ भन्दै स्ट्याटस लेखेकी थिईन।

५. पूजा शर्मा भर्सेस भुवन के.सी:
चलचित्र ‘प्रेम गीत’बाट एकाएक चर्चामा आएकी अभिनेत्री हुन् पूजा शर्मा। गत बर्ष पनि पछिल्लो बर्ष जस्तै उनले ‘म यस्तो गीत गाउँछु’ चलचित्रमा निर्मात्री भएर काम गरिन। सोहि चलचित्र प्रदर्शनको समयमा एक अन्तर्वार्ताको क्रममा भाग्यले चलेका नेपाली अभिनेताको नाम लिनु पर्दा कसको नाम लिनु हुन्छ भन्ने प्रश्नको जवाफमा भुवन केसी र अनमोल केसीको नाम लिए पछि उनि एकएक आलोचित बनेकी थिईन। जसले गर्दा उनी बर्ष २०७४ कन्ट्रोवर्सीमा रहिन्।