‘मिस नेपाल २०१८’ शृंखला खतिवडाका लुक्न नसकेका प्रेमी – (भिडियो सहित)

प्रकाश ढकाल काठमाडौँ- भर्खरै सम्पन्न ‘मिस नेपाल वर्ल्ड २०१८’को उपाधि जितेकी हेटौडाकी २२ वर्षीय शृंखला खतिवडाको चर्चा निकै नै चुलिएको छ । राम्रो प्रतीभाशील भएकी उनि भन्छिन् मेरो रुप भन्दा पनि बौदिक्ताका कारण म मिस नेपाल भएकी हु । निकै मिठो र सरल भाषामा आफुलाई प्रस्तुत गर्ने शृंखला खतिवडा मिस नेपाल २०१८ को उपाधि जितेर चर्चामा त छदैछिन साथसाथै अहिले उनको प्रेम प्रसँगलाई लिएर पनि विभिन्न मिडियामा उनको राम्रै चर्चा भइरहेको छ।

बुधबार काठमाडौँको होटल अन्नपूर्णमा सम्पन्न मिस नेपाल वर्ल्ड २०१८ को उपाधि जितेकी हेटौडाकी २२ वर्षीय शृंखला खतिवडाको प्रेमीको नाम प्रसंग पन्त हो। उनि अहिले प्रसंगको प्रेममा छिन् भने केहि महिना अघि उनीहरुले सँगै घुम्न गएको फोटोहरु पनि सामाजिक संजालमा पोस्ट गरेका थिए। काठमाडौँ घर भइ थप पढाइको लागि हाल अस्ट्रेलिया रहेका प्रसंग म्यानेजमेन्टका विद्यार्थी हुन्। २६ वर्षीय प्रसंग र २२ वर्षीय शृंखला खतिवडाको उमेर चार वर्षको फरक छ।

मिस नेपाल वर्ल्ड २०१८ को उपाधि हात पारेर मिस नेपाल २०१८ बनेकी शृंखला र प्रसंगको यो प्रेम सम्बन्दले भोलिको दिनमा कस्तो फड्को मार्ने हो त्यो भने हेर्न बाकि छ।

भिडियो हेर्नुस :