राजपाल यादव एक ठगी मुद्दामा दोषि ठहर,जेल जाने सम्भावना

सन् २०१८ बलिउमा अहिले एक पछी अर्को गर्दै कलाकारहरु विभिन्न मुद्दामा फसी रहेका छन  । सलमान जेलबाट रिहा भएको केहि समयमै अब अर्का अभिनेताले जेल जाने सम्भावना बढेको छ ।

भारतीय मिडियाका अनुसार, बलिउडका हास्य अभिनेता राजपाल यादव एक ठगी मुद्दामा दोषि ठहर भएका छन् । उनीविरुद्ध ५ करोड भारतीय रुपैयाँ ठगी गरेको मुद्दा दर्ता भएको थियो । र अहिले राजपाल यादव सोही मुद्दामा दोषि ठहर भएका हुन् । दिल्ली हाई कोर्टले राजपालसहित उनकी पत्नी र एक कम्पनीलाई ५ करोड रुपैयाँ ठगीको अभियोगमा दोषी ठहर गरेको हो । यो मुद्दामा आगामी २३ अप्रिलमा सजायको फैसला हुनेछ ।

राजपालले ‘अता पता लापता’ नामक फिल्म बनाउन मुरली प्रोजेक्ट्स कम्पनीबाट ५ करोड रुपैयाँ ऋण लिएका थिए । सम्झौताअनुसार समय सीमाभित्र ऋण नबुझाएपछि ऋणधनीले राजपालविरुद्ध दिल्ली हाई कोर्टमा मुद्दा हालेका थिए । राजपालले अदालतमा कैयौं पटक ऋण तिर्ने प्रतिबद्धता जनाएपनि पूरा गरेनन् । यही मुद्दामा उनी र उनकी पत्नी केही दिनका लागि जेल समेत गइसकेका छन् । मुद्दाको अन्तिम सुनुवाई गर्दै अदालतले उनलाई दोषि ठहर गरेको हो ।