डमरुको डण्डीबियोले आज हेटौडामा

नेपालि चलचित्र डमरुको डण्डीबियोले आज हेटौडामा पत्रकार सम्मेलन गरेको छ । चललिचत्रका नायक खगेन्द्र लामीछाने, निर्माता बिनोद गुरुङ् , नायिका लक्ष्मी बर्देवाको टोलि हेटौडा आईपुगी पत्रकार सम्मेलन गरी चलचित्रको बारेमा जानकारी दिएको हो । बैशाख २१ गतेदेखी देशभर प्रदर्शन हुने चलचित्रको प्रचारप्रसारको क्रममा हेटौडा आईपुगेको टोलिले चलचित्र खेलकुदलाई जोडेर मनोरञ्जनात्मक रुपमा चलचित्र निर्माण गरिएको जनाएको छ । कार्यक्रममा बाोल्नुहुदै चलचित्रका नायक लामीछानेले नेपालको राष्ट्रिय खेलको रुपमा रहेको डण्डीबियो पछिल्लो समय लोप हुन लागेकोले राष्ट्रिय खेलको उत्थानको लागी चलचित्र निर्माण गरिएको बताउनु भयो । उहाले चलचित्र डमरुको डण्डीबियो मौलिक चलचित्रका साथै मनोरञ्जनात्मक भएकाले हलबाट कसैले पनि निराश भई फर्कन नपर्ने बताउनु भयो । चलचित्रका निर्माता गुरुङ्ले चलचित्रले दर्शकहरुको मन जित्ने बताउनु भयो । कार्यक्रम चलचित्र पत्रकार संघ मकवानपुरका अध्यक्ष मणीराज गौतमको अध्यक्षतामा भएको थियो ।