फिल्म ‘राजु रंगीला’ मा ट्रिपल रोलमा देखिदै गोविन्दा

बलिउडका चञ्चले अभिनेता गोविन्दा पहलाज निहलानीको आगामी फिल्म ‘राजु रंगीला’ मा ट्रिपल रोलमा देखिने भएका छन् । २५ वर्षपछि यी दुईजना एकसाथ काम गर्ने भएका हुन् ।

यसअघि गोविन्दा र निहलानी १९९३ प्रर्दशन भएको  फिल्म ‘आँखें’ मा एकसाथ काम गरेका थिए ।  गोविन्दाको नयाँ फिल्मको छायांकन मुम्बईको एनडी स्टुडियोमा गत वर्षबाट भइरहेको छ । पहलाज निहलानीले उनको फिल्ममा गोविन्दा ट्रिपल रोलमा देखिने बताएका छन् ।

गोविन्दा गतवर्ष फिल्म ‘आ गया हिरो’ मा देखिएका थिए । उक्त फिल्मले दर्शकको मन जित्न सकेको थिएन । त्यस्तै पहलाज निहलानीको गतवर्ष आएको फिल्म ‘जूली २’ पनि फ्लप भएको थियो ।

फिल्म ‘राजु रंगीला’ ११ मे मा प्रदर्शनमा आउनेछ ।