यस्तो रुपमा पुन शोमा फर्के सुनील ग्रोवर

बलिउडका चर्चित कमेडियन सुनील ग्रोवर पुन शोमा फर्केका छन् । उनी गत शनिबारबाट सुरु भएको वेब शो ‘दे धना धन’ बाट पुन शोमा आएका हुन् । कपिल शर्मा शोमा निकै रुचाइएका पात्र डा. महशुर गोलाटी बनेका सुनील यो शोमा शिल्पा शिन्देका साथमा देखिएका छन् ।

सुनील र बिग बोस ११ की बिजेता शिल्पा शिन्देको नयाँ यो शो ‘दे धना धन’ दर्शकले निकै रुचाएका छन् ।

शोमा सुनील नक्कली अमिताभ बच्चनका रुपमा देखिएका छन् । शो जियो एपमा शनिबार ७ः ३० आउने गर्दछ । भने शोमा सुनिल नक्कली अमिताभका रुपमा देखिएका छन् । यो शोलाई दर्शकले निकैनै रुचाएका छन्  ।