म सलमान जस्तो कहिले बन्न सक्दिन:बरुण धवन

बलिउडका चर्चित २ नायक सलमान र बरुण धवन फिल्म जुडुवा २ बाट निकै मिल्ने साथी भएका छन् । अहिले बलिउडमा यी दुइको मित्रताको चर्चा निकै चलिरहेको पाइन्छ ।

जब सलमान कालो हरिण शिकार काण्डमा जेल परे तब बरुणले टुइटरमा निकै भावुक तुइट समेत गरेका थिए । बरुण भन्छन, सलमान निकै फराकिलो मन भएका समाज सेवी मान्छे हुन् । सलमान संग बरुणको तुलना कहिले पनि गर्न नमिल्ने र उनि सलमान जति बन्न कहिले नसक्ने समेत बताएका छन् ।
जब उनि जेलबाट धरौटीमा रिहा भए तब उनले भनेका छन्, उनलाई उनको तथा उनको परिवारको कदर गर्दै जेलबाट रिहा गरेको हो ।यसले सबै खुशी भएका छन् ।