अनुपको कुरा सोध्दा छल्कियो मलिनाको आखामा मायाँ

केही समय अगाडी कलाकार अनुप बिक्रम शाहि संगको रिलेसन सिपमा रहेकी मलिना जोशीले अनुप संगको ब्रेकअप पछि आफु सिंगल रहेको बताएकी छिन् । उनले म सिंगल छु भन्ने कसैले बिश्वास नगरेर नै होला म सिंगल छु । बिचमा केहि व्यक्तिहरु संग नाम जोडिए पनि त्यो हल्ला मात्र भएको पनि बताईन ।

अनुपका बिषयमा प्रश्न गरिरहदा आखाँमा नजानिदो पारामा माया झल्काईरहेकी मलिनाले अनुपको हर प्रगतीमा आफु खुसी हुने पनी बताउन भ्याईन् । चलचित्र तिमि हुन्छौ जहाँ जहाँ को गित रिलिज कार्यक्रममा नायिका मलिना जोशि केही खुलेकी हुन् । चलचित्र रानीमा अभिनयको निकै तारिफ पाएकी उनले यो चलचित्रबाट पनि निकै आशा रहेको आषय खोलिन् ।

आज यो चलचित्रको शिर्ष गित सार्वजानिक गरियो । गितमा अन्जु पन्त र फिरोज बस्नेतको स्वर रहेको छ भने अर्जुन पोख्रेलको शब्द तथा संगित रहेको छ । चलचित्रमा प्रस्तुतकर्ता मदन दवाडी ,कार्यकारी निर्माता प्रकाश बास्कोटा , निर्माताहरुमा डाल चन्द्र दवाडी,हरि प्रसाद अधिकारी,बिना कार्की रहेका छन् ,भने बिकास बस्यालले निर्देशन गरेका हुन् । मलिना संगै स्वरुप पुरुष ढकाल , मनिष सुन्दर श्रेष्ठ लगायतको अभिनय रहेको छ भने असार आठ गते देखि यो चलचित्र प्रदर्शनमा आउदैछ ।