सलमान र अमिरलाई पछाडी पार्दै इफरान खान

बलिउडको प्रभाव चीनमा अहिले निकै बढेको देखिन्छ एक पछी अर्को बलिउड फिल्म रिलिज हुने क्रममा चीनमा इफरान खानको फिल्म ‘हिन्दी मिडियम’ रिलिज भएको छ । रिलिज भए संगै  फिल्म ‘हिन्दी मिडियम’ले चीनमा आक्रमक व्यापार गरेको छ । यसअघि रिलिज भएका बलिउडका दुई ठूला सुपरस्टारको फिल्मलाई समेत इफरानको फिल्मले उछिनेको छ ।

फिल्मले ३.६८ मिलियन डलरको सुरूवाती व्यापार गरेर दुई ठूला सुपरस्टारको फिल्मको  कमाइलाई उछिनेको हो । फिल्मको यो व्यापार चीनमा रिलिज भएका आमिर खान अभिनित ‘दंगल’ तथा सलमान खान अभिनित ‘बंजरंगी भाइजान’को भन्दा धेरै हो ।

अमिरको ‘सेक्रेट सुपरस्टार’ले चिनियाँ वक्सअफिसमा  ४१.५ करोडको सुरूवाती ग्रस कमाइ गरेको थियो । भने  ‘दंगल’ले २.३ मिलयन डलरको सुरूवाती व्यापार गर्दा ‘बजंरंगी भाइजान’ले २.२५ मिलियन डलरको कमाइ गरेको थियो ।