पोर्नस्टार अर्चना पनेरुको ‘श्रीमान’ पक्राउ

पोर्नस्टार अर्चना पनेरुको ‘श्रीमान’ पक्राउ परेका छन् । अर्चनाले केही समय पहिला श्रीमान् भनेर फेसबूकमा फोटो सार्वजनिक गरेकी अमेरिकन नागरिक उल्फ प्राइसलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौंमा घर भाडामा लिएर अश्लील कार्य गरेको भन्दै प्रहरीले ५३ वर्षीय उल्फलाई पक्राउ गरेको हो । काठमाडौंको बलम्बुमा एक घर भाडामा लिएका उल्फले अश्लील कार्य गरेको उजुरी परेपछि नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी मोहन थापाले बताएका छन् ।

थापाका अनुसार, उल्फले भाडामा लिएको घरबाट गाँजा, कण्डमलगायत यौनजन्य सामग्रही बरामद गरेको र उल्फले भाडामा लिएको घरमा युवती ल्याएर यौनजन्य कार्य गरेको भन्दै स्थानीयले प्रहरीमा उजुरी दिएका थिए ।

उल्फलाई पक्राउ गरेर महानगरीय प्रहरी परिसर टेकुमा राखिएको छ ।