वर्षाको जन्मदिनको पहिलो केक अनुपलाई आखिर किन

नायिका बर्षा सिवाकोटीले शनिबार आफ्नो जन्मदिन मनाएकी छिन् । महिनादिन देखी फिल्म ‘जय शम्भु’को छायांकन सेटमा ब्यस्त बर्षाले शनिबार पनि काभ्रेस्थलीको सुटिङ सेटमै सम्पुर्ण टीमसँग मनाएकी हुन् । अंग्रेजी र नेपाली मिति अनुसार दुबै दिन उनले जन्मदिन मनाएकी हुन् । शुक्रबार पनि परिवारसँग जन्मदिन मनाएकी थिइन् ।
फिल्म ‘जय शम्भु’को सेटमा केक काटेकी बर्षाले शुरुमा नायक अनुप बिक्रम शाहीलाई केक खुवाइन् । बर्षाको दुबैछेऊमा फिल्मका खलनायक प्रशान्त ताम्राकार र अनुप थिए तर उनले शुरुमा आफ्नो हातबाट अनुपलाई केक खुवाइन् । बर्षाले अनुपलाई नै पहिलो केक किन भनेर प्रश्न गर्न नपाउँदै छेऊमा जो छ उसलाई पहिलो केक है भनेकी थिइन् । तर छेऊमा प्रशान्त पनि थिए । त्यससँगै अनुपपछि लगत्तै प्रशान्तलाई केक खुवाएकी थिइन् । साथै लगातार निर्देशक, निर्माता हुँदै सुटिङ युनिटका अन्यसबैलाई केक खुवाइन् । बर्षाको हातबाट केक खाँदै प्रशान्त र अनुपले सुस्वास्थ्य दिर्घायुको कामना भन्दै बर्षालाई शुभकामना दिएका थिए ।

काभ्रेस्थलीको टाउनप्लानिङमा चारदिन देखी लगातार फिल्मको ‘क्लाइमेक्स’सिनको सुटिङ भइरहेको छ । फिल्मका निर्देशक रुपेश तामाङका अनुसार फिल्मको अब दुईसातामा छायांकनको सम्पुर्ण काम सकिनेछ । प्रस्तुतकर्ता दिनेश शाहीका अनुसार फिल्ममा सोचेभन्दा बढी लगानी लागेको बताए । उनका अनुसार फिल्ममा डेढ करोडको लगानी पुग्ने बताए । यस अघि श्रावण १ गते रिलिज हुने भनिएको यस फिल्म श्रावण १ बाट अघि सरि असार २९ मा रिलिज हुने निर्माण पक्षले जानकारी गराएका छन् । फिल्ममा अरविन्द्र शाक्यको लगानी छ । दिनेश शाही प्रस्तुतकर्ता रहेको फिल्मको कार्यकारी निर्माता राजकुमार नगरकोटी र चक्र पाख्रिन हुन् । फिल्मलाई हरि घले लामाले खिचिरहेका छन् ।