लमजुङ सेवा समाज कतारले मनायो नयाँ वर्ष

“सुख दुखमा साथ –लमजुङ सेवा समाज” भन्ने पबित्र नारा बोकेको लमजुङ सेवा समाज कतारले नेपाली नया बर्ष २०७५ सालको आगमनको पूर्व सन्ध्या पारेर भव्यताका साथ सुभ आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । दोहाबाट झन्डै १०० किलोमिटर टाढा रहेको अलसमाल गार्डेनमा सम्पन भएको सो कार्यक्रम रोजगारीका सिलशिलामा लमजुङ बाट कतार आउनु भएका लमजुंगे दाजुभाइ तथा दिदीबहिनी हरुलाइ संगठित गरी आपसी माया , प्रेम र सदभाब अभिवृद्धिका लागी आयोजना गरीएको हो। सो कार्यक्रममा लमजुङ तथा गैह्र लमजुङका थुप्रै स्थानीय कलाकारहरु ,मंगल बिक , दिपक कमली ,सुजिता दनुवार ,प्रमिला तामाङ डम्बर बिक , दिप हसन्ते ,अमृत बिक मंजिला बिक ,जीवन क्षेत्री ,गोबिन्द तामाङ आदिको थुप्रै रमाइला रमाइला सांगीतिक प्रस्तुतिहरु थिए ।खेलकुद बिभाग संयोजक अमर गुरुङ तथा खुसि गुरुङको सयोजकत्वमा मनोरन्जनात्मक खेलकुद कार्यक्रम पनि संचालन गरिएको थियो जसमा लमजुङ क्षेत्रको प्रचलित खेल ठेलो तर्फका बिजयी हर्क बहादुर गुरुङ , घैटो फुटाई तर्फका बिजेता शेर जंग गुरुङ ,बेलुन फुटाइ तर्फका बिजेता गोबिन्द तामाङ र कुर्ची चाल तर्फकी बिजयी प्रितिका ढकाल क्षेत्रीलाई पुरस्कार तथा प्रमाण पत्र प्रदान गरिएको थियो ।

त्यस्तै सस्थाले आयोजना गरेका बिबिध कार्यकममा मेहनेत र लगनशीलताका साथ खटेर सहयोग गर्नु हुने सस्थाका सदस्य एवम पदाधिकारीहरु क्रमश रबि गुरुङ , रबिन्द्र घिमिरे , खुसिराम गुरुङ , युवराज गुरुङ ,हरि दुरा , राज लोप्चान ,शिब रसाइली , कर्म गुरुङ , सन्तोष केसी ,राम देब भट्ट , देब गुरुङ , बुद्दी सागर सुबर्णकार , उपेन्द्र सोती नेत्र टन्डन लाई उहाहरुको कार्यको उच्च मूल्यांकन गर्दै थप हौसला स्वरूप प्रसंसा पत्र प्रदान गरिएको थियो । कार्यक्रममा थप रोचक बनाउन सहभागीहरु बीच राफल चिट्टा कार्यक्रम पनि राखिएको थियो जसका थुप्रै पुरस्कार मध्य एक थान लाभा मोबाइल सस्थाका प्रमुख सल्लाहकार उमानाथ कडारीयाले स्पोन्सर गर्नु भएको थियो ।

कार्यकममा सस्थाका दितीय उपाध्यक्ष नबराज नखोलाले स्वागत मन्तब्य राख्नु भएको थियो भने प्रथम उपाध्यक्ष खुशीराम गुरुङ ले लसेस कतार गठन गर्नुको उधेश्यको बारेमा प्रकास पार्नु भएको थियो । गत वर्ष देखी हाल सम्म सस्थाले गरेका विभिन्न सामाजिक गतिविधि तथा सहयोग बारेको प्रतिबेदन महासचिव सिताराम थापाले प्रस्तुत गर्नु भएको थियो । झन्डै ३०० को संख्यामा उपस्थीत सो कार्यक्रम सस्थाको आन्तरिक कार्यक्रम भनिएता पनि प्रदेश नम्बर चारका जिल्ला सस्था पदाधिकारीहरुलाइ निमन्त्रणा गरिएको थियो भने उपस्थित हुनेहरुमा तमु समाजका रस गुरुङ , गोर्खाका राकेश श्रेष्ठ ,स्याङ्जाका धनन्जय लम्साल ,तनहुका पदम गिरी र सामाजिक अभियन्ता के बि हमाल र बिक्की बिक हुनुहुन्थ्यो ।

उपस्थित अतिथिहरु तथा सस्थाका संरक्षक, सल्लाहाकारहरुले सस्थालाई सल्लाह सुझाब सहितका सुभकामना मन्तब्यहरु दिनु भएको थियो । सास्कृतिक बिभाग संयोजक राज लोप्चान र महासचिव सिताराम थापाले संयुक्त रुपमा गर्नु भएको उक्त कार्यक्रम सस्थाका अध्यक्ष बिष्णुलाल श्रेष्ठले कार्यक्रमलाई भब्य र सफल बनाउन सहयोग गर्नेहरु यातायात सयोजक रबिन्द्र घिमिरे , स्वयम् सेवक संयोजक रामचन्द्र अधिकारी ,अर्थ ब्यबस्थापनमा लाग्नु हुने कोषाध्यक्ष बिनोद बसौला , प्रचार प्रसार तथा सहभागी बिस्तारमा अग्रणी भूमिका खेल्ने सस्थाका सचिब युबराज गुरुङ लयायत अन्य सम्पूर्ण सहयोगी ,चन्दादाताहरु सुभ चिन्तकहरु सबैलाई एकमुस्ट हार्दिक धन्यवाद दिदै नया बर्षको सुभकामना सहित कार्यक्रमको समापन गर्नु भएको थियो ।