फिल्म ‘तिमीसँग’को‘दिलमा आगो सल्कियो’ बोलको गीत सार्वजनिक(भिडियो सहित)

फिल्म ‘तिमीसँग’को नयाँ गीत सार्वजनिक भएको छ। फिल्म रिलिज संगै शुक्ररबार निर्माण युनिटले फिल्ममा समावेश ‘दिलमा आगो सल्कियो’ बोलको गीत सार्वजनिक गरेको हो।

क्यार्थम कँडेल र दीपक पाठकको संगीत रहेको यस गीतमा संगीतकार पाठककै स्वर सुन्न सकिन्छ। कविराज गहतराजको नृत्य निर्देशन रहेको भिडियोमा फिल्मका मुख्य कलाकार साम्राज्ञी राज्यलक्ष्मी शाह र नाजिर हुसेन फिचरिङ छन्।

फिल्मको ओपनिङ व्यापार सुखद गरेको छ। फिल्मले सिंगल थिएटर हलहरूमा हाउसफुलको व्यापार गरेको छ । मल्टिप्लेक्स हलमा पनि फिल्मको व्यापार सन्तोषजनक छ। फिल्ममा  साम्राज्ञी र नाजिरसँगै आकाश श्रेष्ठ, सुनिल विक, शिशिर राणालगायतको मुख्य भूमिका रहेको छ। यात्राको क्रममा भएको माया वियोगको कथामा निर्माण भएको फिल्मलाई शिशिर रानाले निर्देशन गरेका छन्। शिशिरकै लगानी रहेको यस फिल्मको पटकथा पनि उनैले तयार पारेका हुन्। ‘नमन प्रोडक्सन’को ब्‍यानरमा निर्मित यस फिल्ममा राहुल मुखर्जी, दीपक पाठक र रिदम कँडेलको संगीत छ। सुशील क्षेत्रीले खिचेको फिल्मलाई मनीष शाह र मिलन श्रेष्ठले सम्पादन गरेका छन्।
हेर्नुहोस गीत: