रंग पत्रकार विशालको निर्देशनमा रोहनी र समिरको रोमान्स (भिडियो हेर्नुहोस्)

पछिल्लो समय सुगम गायनमा चर्चित बन्दै गइरहेका गायक रोशन राईको स्वर, चर्चित गीतकार भुपाल चाम्लिङको शब्द तथा संगीतकार विक्रम राईको संगीतमा ‘आज के भो मलाई’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतको बारेमा बोल्दै गायक रोशनले गीत अनुुसार भिडियोपनि राम्रो बनेकाले दर्शकले रुचाउनेमा आसावादी रहेको बताए ।
यस गीतको म्युजिक भिडियोको निर्देशन तथा सिनेमाटोग्राफी रंग पत्रकार विशाल राईले गरेका छन् । सार्वजनिक म्युजिक भिडियोमा एक छुटेको जोडी भेट्दा पुराना दिनहरुलाई यादमा उतारिएको निर्देशक विशाल राईले बताए । उनले भने ‘गीत राम्रो छ, संगै भिडियोपनि राम्रो बनाउने प्रयास गरेको छु ।’
म्युजिक भिडियोमा पछिल्लो समय ब्यास्त बन्दै गइरहेकी मोडल रोहनी लामा र समिर राई फिचरिङ छन् । भिडियोमा मोडल रोहनी र समिरको रोमान्स सहितको क्यामेस्ट्री मिलेको छ । म्युजिक भिडियो गदावरी आसपासमा सुटिङ गरिएको हो ।
विशाल चौतारी मिडिया प्रा.लि.बाट सार्वजनिक भएको भिडियोको सम्पादन टेकेन्द्र शाहले गरेका छन् । मेकअप तायाहाङ्मा राईको रहेको छ, भने यस गीतलाई फनिन्द्र राईले एरेञ्ज गरेका हुन् ।

हेर्नुहोस भिडियो: