अलमलमा रजनीकान्तको काला

साउथ इण्डियाका चर्चित अभिनेता रजनीकान्त अभिनित फिल्म ‘काला’को रिलिज अलमल्ल परेको छ । अप्रिल २७ मा विश्वव्यापी रिलिज हुने घोषणा गरिएको भए पनि तमिलनाडु फिल्म निर्माता काउन्सिल र डिजिटल सर्भिस दाताबिच ‘भिपिएफ’को दरलाई लिएर सुरू भएको विवाद टुङ्गो नलागे पछी यसको असर ‘काला’लाई परेको छ ।

निर्माता काउन्सिल शो शुल्क नघटाइएसम्म फिल्म रिलिज नगर्ने आन्दोलनमा लागेपछी  ‘काला’ निर्माण कम्पनी लाइका प्रोडक्सनले सो आन्दोलनमा आफ्नो समर्थन रहेको बताएका छन् । जसको कारण फिल्म प्रर्दशनमा अलमल्ल भएको छ   ।

फिल्ममा रजनीकान्त सुकुमबासी वस्तीका नेता एवम् ग्याङ्स्टरको भूमिकामा देखिएका छन् ।