पहिलो दिनमै हाउसफुल ‘तिमी सँग’

आजबाट देशभर प्रदर्शनमा आएको चलचित्र ‘तिमी सँग’ले प्रदर्शनको पहिलो दिन मै हाउसफुल दर्शक पाएको छ। कुशल निर्देशक शिशिर राणाले पछिल्लो पटक निर्देशन गरेको चलचित्रले यो हप्ता सोलो रिलिज पाएको हो। काठमाडौँ स्थित गोपी कृष्ण हलको कृष्णमा बिहानीको शो हाउसफुल रहेको साथै गुण, अष्ट लगायतका हलहरुमा पनि राम्रो दर्शक पाएको जानकारी वितरण गोपाल काजी कायस्थले दिएका छन। बिहानी शोको हल रिपोर्ट बुज्न अभिनेता नाजिर हुसेनका साथमा वितरक गोपालकाजी कायस्थ हल-हल पुगेका थिए। माउथ पब्लिसिटी अझ धेरै भएकोको खण्डमा चलचित्र राम्रो चल्ने जानकारी पनि वितरकले दिएका छन।
अभिनेता आकाश खड्का ‘रामकहानी’को छायांकनमा व्यस्त हुँदा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह पनि बिहिबार नै चलचित्र ‘इन्टु मिन्टु लण्डन’माको छायांकनका लागि लण्डन लागेपछि नाजिर एक्लै हल पुगेका हुन् । चलचित्रमा आकाश, नाजिर र साम्राज्ञीका साथमा अनुपन श्रेष्ठ, शिशिर राणा लगायतका कलाकारहरुको अभिनय रहेको छ।