‘शत्रु गते’अब जापानमा

अहिले निकै चर्चामा रहेका नायक पल शाह फिल्म ‘शत्रु गते’को प्रर्दशनका लागि जापान जाने भएका छन्  । चैत्र ९ गतेबाट नेपालभर प्रर्दशनमा आएको फिल्म  ‘शत्रु गते’ एवान इन्टरटेन्मेन्टको व्यवस्थापनमा जापानभर प्रदर्शन हुँदैछ ।

फिल्मको अप्रिल ८ तारिखका दिन टोकियोस्थित नाकानो जिरो हलमा प्रिमियर शो हुनेछ  ।फिल्म जापानको टोकियोपछि नागोया, फुकुओका, सिजुओका, गुन्मा, तोचिगी, ओकिनावालगायत शहरहरुमा समेत प्रदर्शन हुने निर्देशक लामाले जानकारी दिएका छन् ।

कमेडी जनरामा निर्माण भएको फिल्म  ‘शत्रु गते’मा पल शाह, आँचल शर्मा, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, बसुन्धरा भुषाल, राजाराम पौडेल, दीपकराज गिरी, दिपाश्री निरौला, शिवहरी पौड्याल, किरण केसी, प्रियंका कार्कीको मुख्य अभिनय रहेको छ । हरिवंश आचार्यको कथा, दीपकराज गिरी र निर्देशक भट्टराईको पटकथा रहेको यो फिल्मलाई दीर्घ गुरुङले खिचेका हुन् । भने फिल्ममा राजनराज शिवाकोटीको संगीत र कविराज गहतराजको नृत्य रहेको छ ।