बाहुबली पछी अत्याधिक कमाई गर्ने रामचरणको तेस्रो फिल्म

बाहुबली पछी रामचरणको अर्को साउथ इन्डियन फिल्म ‘रंगास्थलम’ले साउथ इन्डियामा राम्रो रेकड बनाउन सफल भएको छ ।
प्रर्दशनमा आको ४ दिनमै फिल्मले १०० करोड  ग्रसको कमाई गरेर  रेकड राख्ने यो तेस्रो फिल्म बन्न सफल भएको छ ।
फिल्म बाहुबली पछी अत्याधिक कमाई गरेर रेकर्ड राख्न सफल भएको हो  ।

फिल्ममा उनी श्रवण शक्ति नभएका तर ओठको चालबाट भनेका कुरा बुझ्ने इन्जिनियरको भूमिकामा रहेका छन् । फिल्मलाई धेरैले रामचरणको करियरको आजसम्मकै उत्कृष्ट फिल्म समेत भनेका छन् । रिलिजको दोस्रो सातामा चलिरहेको फिल्मले हालसम्म १५० करोड भारूको ग्रस कमाइ गरिसकेको छ ।