‘बागी २’की अभिनेत्री दिशा पटानी १५० करोड भारूको महँगो बजेटमा

बलिउडमा चर्चामा रहेको फिल्म ‘बागी २’की अभिनेत्री दिशा पटानी १५० करोड भारूको महँगो बजेटमा निर्माण हुन लागिरहेको दक्षिण भारतिय फिल्ममा अनुबन्धित भएकी छन्।

उनी सुन्दर सिले बनाउने ‘सङ्गमित्र’ फिल्ममा अनुबन्धित भएकी हुन्। ‘मुम्बई मिरर’ले जनाए अनुसार फिल्मको जुलाइबाट छायांकन सुरु हुने छ । फिल्म हैदरबादमा ‘बाहुबली’कै स्तरको सेटमा खिचिनेछ। दुई भागमा निर्माण हुने फिल्मको पहिलो भागलाई आगामी वर्ष रिलिज गर्ने तयारी रहेको छ ।

विगत एक वर्षदेखि फिल्मको प्रिप्रोडक्सनको काम चलिरहेको छ। फिल्मको दुबै भागको छायाँकन गर्न १८ महिना लाग्ने अनुमान गरिएको छ। फिल्ममा जयम रवि र आर्याको महत्वपूर्ण भूमिकामा अभिनय गर्नेछण् भने दीशा एउटि लडाकु स्वभावकी राजकुमारीको भूमिकामा देखिनेछिन्।

फिल्म हिन्दी, तमिल र तेलेगु गरी तीन भाषामा रिलिज हुनेछ। एजेन्सी