फिल्म बागी २ की अभिनेत्री दिशा पटानी १५० करोड भारुको बजेटको फिल्ममा

बलिउडमा चर्चामा रहेको फिल्म बागी २ की अभिनेत्री दिशा पटानी १५० करोड भारुको बजेटको फिल्ममा अनुबन्धित भएकी छिन ।

उनि सुन्दर सीले बनाउने फिल्म ‘संगमित्र’मा अनुबन्धित भएकी हुन् । फिल्म हैदरावादमा बहुबलिको सेटमै खिचिने र फिल्मलाई २ भागमा निर्माण गरिने छ ।
फिल्मको पहिलो भाग आगामी साल रिलिज गरिने छ ।
फिल्ममा जयम रवी र आर्या महत्वपूर्ण भूमिकामा देखिने छन् । भने दिशा एउटी लडाकु स्वाभावकी राजकुमारीको भूमिकामा देखिने छिन ।