नई प्रकाशनले विभिन्न विधामा सक्रिय चारजनालाई पुरस्कार प्रदान गर्ने

नई प्रकाशनले विभिन्न विधामा सक्रिय चारजनालाई पुरस्कार प्रदान गर्ने भएको छ ।

नेपाली भाषाको श्रीवृद्धिका निम्ति जागरुक भई आधुनिक गीतिरचनाका माध्यमबाट जनमन छुन सफल गीतकार तथा गायक विश्व बल्लभलाई ‘नई कोइलीदेवी पुरस्कार’, यौनिक तथा लैंङ्गिक अल्पसंख्यक व्यक्तिहरुको हित मर्यादा र संगठनमा क्रियाशिल तेस्रोलिङ्गी आनिक रानालाई ‘नई राज्यलक्ष्मी पुरस्कार’ र सरोद बाजाको प्रवद्र्धन, संवद्र्धन र संरक्षण गर्न क्रियाशिल रही शास्त्रिय संगीतमा विशेष योगदान पुर्याएबापत सरोद वादक रुपा न्यौपानेलाई ‘नई खरा गौरव पुरस्कार प्रदान गर्ने भएको हो ।

तीनै पुरस्कारको राशि जनही ५० हजार रुपैयाँ रहेको छ । भने  डा. परिधी शर्मालाई २५ हजार रुपैयाँ राशिको ‘नइ खरा गौरव पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ । सबैलाई आगामी वैशाख ३० गते शताब्दी पुरुष सत्यमोहन जोशीको ९९ औं जन्मदिनको अवसरमा पुरस्कार प्रदान गरिने नई प्रकाशनका अध्यक्ष इन्दिरा प्रसाईँले जानकारी दिएकि छिन ।