अभिनेत्रीको छोटो फिल्मको आपतिजनक भिडियो भाइरल गरेकोमा निर्माता उपेन्द्र कुमार वर्मा पक्राउ

भोजपुरी फिल्मका निर्माता उपेन्द्र कुमार वर्मालाई मुम्बई प्रहरीले पक्राउ गरेको छ । एक अभिनेत्रीको छोटो फिल्मको आपतिजनक भिडियो सोशल मिडियामा भाइरल गरेको आरोपमा उनी पक्राउ परेका हुन् ।

निर्माताले भाइरल गरेको उक्त भिडियो पोर्न वेभसाइटले समेत राखेको छ । अभिनेत्रीले आफ्नो भिडियो भाइरल भएपछि निर्माता बिरुद्ध पुलिसमा उजुरी दिएकी थिइन् । पुलिसले निर्मातालाई पक्राउ गरेको हो ।

निर्माताको बिरुद्ध अभिनेत्रीले २८ जनवरीमा एफआइआर दर्ता गराएकी थिइन् । पुलिसले भने निर्मातालाई ३ अप्रिलमा पक्राउ गरेको छ ।