उत्कृष्ट प्रतिक्रियाका साथ् फिल्म ‘तिमी सँग’को प्रिमियर शो सम्पन्न

बुधवार काठमाण्डौ र्स्थित फिल्म ‘तिमी सँग’को प्रिमियर शो सम्पन्न भएको छ ।

प्रिमियर शोमा नाजिर र साम्राज्ञी एवं  निर्माण टिमको उपस्थिति रहेको थियो  । सम्पन्न प्रिमियर शो हेर्ने दर्शकले फिल्म निकै उत्कृस्ट रहेको बताएका छन् ।

प्रेम बिछोड र रोधनको भावनालाई समेटर बनाईएको फिल्ममा शिशिर राणाको लेखन, निर्माण तथा निर्देशन रहेको छ  । नेपाली फिल्मको पर्दामा पहिलो पटक ‘तिमी सँग’मा अन्नपुर्ण बेस क्याम्पको दृश्यहरु कैद गरिएको छ । साम्राज्ञीसँगै आकाश श्रेष्ठ, नाजिर हुशेन लगायतका कलाकारहरुमो मुख्य भुमिका रहेको फिल्मको शिर्ष गीतको छायाँकन बेस क्याम्प र्स्थित गरिएको छ ।

फिल्म चैत्र २३ बाट देशब्यापी रुपमा प्रर्दशन हुदैछ  ।