मेनका संग साथ माग्दै खगेन्द्र ‘डमरुको डन्डीबियो’

नेपालको पुर्व राष्ट्रिय खेल डण्डीबियोमा आधारित फिल्म ‘डमरुको डन्डीबियो’को ट्रेलर सार्वजनिक भएको छ । सिनेमाको प्रदर्शन मिति नजिकिदै गर्दा निर्माण टिमले लोपोन्मुख डन्डीबियो खेलको बारेमा स्मरण गराउन ‘ठ्याक लाउने च्यालेन्ज’ पनि सुरु गरिसकेको छ ।

चलचित्रमा खगेन्द्र लामिछाने, मेनुका प्रधान, बुद्दी तामाङ, अनुप बराल, अंकित खड्का, आशान्त शर्मा, लक्ष्मी बर्देवा, मिश्री थापा, इंगि होपू कोइंच सुनवार, नमिता घिसिङ लगायतका कलाकारको अभिनय छ ।

आगामी बैशाख २१ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँने यो चलचित्रले राजधानीका केहि स्थानमा चलिरहेको ‘ठ्याक लाउने च्यालेन्ज’ले सिनेमाको प्रचार र डन्डीबियोको महत्व झल्काउने निर्माण टिमले टिमले दाबि गरेको छ ।