ट्रोलको शिकार बनेका पल‘हामी दुई चार जनाले मात्रै फिल्म क्षेत्रलाई धान्न सक्दैनौं’

नेपाली चलचित्र क्षेत्रमा कुनै न कुनै तरिकाबाट कलाकारहरु गसिप शिकार बनिरहेका हुन्छन। जसको फलस्वरूप उनीहरुको ट्रोल बनेर खिल्ली पनि उड्ने गरेको देख्न, सुन्न र हेर्न सकिन्छ। भर्खरै मात्र अभिनेता पल शाह पनि बोल्न नजान्दा ट्रोलको शिकार बनेका छन्। केहि समय अघि पलले एउटा अन्तर्वार्तामा बोलेको वाक्य अहिले सामाजिक संजालमा भाईरल बनि रहेको छ। पलले अन्तर्वार्तामा ‘हामी दुई चार जनाले मात्रै फिल्म क्षेत्रलाई धान्न सक्दैनौं’ भन्ने वाक्य प्रयोग गरेपछि उनि ट्रोलको शिकार बनेका हुन्।
पलको यो वाक्य पछि सामाजिक संजालमा धेरै चलचित्रकर्मीहरुले पलको उक्त भिडियो सेयर गर्दै व्यंग्यात्मक ढंगबाट बिरोध पनि गरिरहेका छन। गतबर्ष प्रदर्शन भएको चलचित्र म यस्तो गीत गाउँछुमा काम गराईसकेका निर्देशक सुधर्शन थापाले पलको भिडियो सेयर गर्दै यस्तो स्ट्याटस लेखेका छन – ‘फिल्म बोल बच्चन भएर चल्दैन, अभिनयले चल्छ याद गर्नु ।’ त्यसै गरि कलाकार विपना बस्नेतले सोही ट्रोल भिडियो शेयर गर्दै लेखिन्-‘फिल्म नगरी धान्न गाह्रो भयो र भाइहरुलाई ?’’
पलको उक्त भनाई पछि के प्रश्न आउँछ भने के पल र अरु २ ४ जना अभिनेताले मात्र सिंगो चलचित्र उद्योग चलेको हो त ?
त्यसो त केहि समय अघि पलकै नामसँग धेरै जोडिने र उनकै प्रेमिका भनेर चिनेने अभिनेत्री आँचल शर्माले पनि पत्रकार सम्मेलनमै आफुले बोलेको कुरालाई पनि हुँदै होईन भनेर पत्रकारलाई नराम्रोसँग थर्काउँदै उनको प्रश्नलाई मुर्ख (सिल्ली)को संज्ञा दिएकी थिईन ।
कलाकारहरुले आफुले के बोले र कस्तो बोल्दा असर पर्छ भन्ने कुरा नसोच्दा आफ्नै कारण अहिले गसिप तथा ट्रोलको शिकार बन्न पुग्छन।