९ वर्षको लामो सम्बन्ध तोडेन कति समय लागेन हलिउड अभिनेता च्यानिङ ट्याटुम र जेना डेवानलाई

हलिउड अभिनेता च्यानिङ ट्याटुम र जेना डेवानले ९ वर्षको लामो विवाह सम्बन्ध तोडेका छन्। यिनीहरुले सन् २००९ मा प्रेम विवाह गरेका थिए।

यी दुबैले अप्रिल १ मा इन्स्ट्राग्राममा एउटा फोटो शेयर गर्दै लेखेका छन् ,‘हामीलाई अफ्ठियारो लागिरहेको सबैमाझ यो खबर शेयर गर्दा। हामि एकअर्कालाई धेरै माया गर्थिम। हामीले छुटिने निर्णय गर्यौं। छुट्टीएपनि हामी जहिल्यै पनि राम्रो साथीको रुपमा रहनेछौं। अहिलेसम्मको यात्रा एकदम राम्रो थियो। हामी छुट्टीनुको त्यस्तो खास कारण केही छैन। हामी अझै परिवार जस्तै छौं र आफ्नो छोरी इभर्लीका लागि सदा राम्रो अभिभावककको रुपमा रहनेछौं।
यसमा उनीहरुका शुभ चिन्तकहरुले विभिन्न कमेन्टहरु गरिरहेका छन् ।