अर्चना पनेरुको डिभोर्स महिनादिन टिकेन बिहे, हेर्नुहोस उनले लेखेकी स्टाटस

पोर्नस्टार’ बन्ने भनेर चर्चामा आएकी अर्चना पनेरु पछिल्लो समय गुमनाम थिइन् । केहिदिन अघि उनी एक विदेशी नागरिकसँग बिहे गरेको फोटोसहित सामाजिक सञ्जालमा प्रकट भईन ।

अर्चनाले आफ्नो प्रोफाइल पिक्चर परिवर्तन गरेर ‘विवाह’को फोटो राखिन र त्यसमा उनले ‘जस्ट म्यारिड’ भनेर ह्यासट्याग पनि राखिन । साथै अर्को पोष्टमा उनले ‘तिमी जस्तो जीवनसाथी पाउनु मेरो भाग्य हो’ भनेर पनि लेखेकी थिइन ।

फोटोमा थुप्रैले कमेन्ट गरेर बधाई दिएका पनि दिए । केहीले चाहिँ थकथकी मानेका थिए । अर्चनाकी आमा सुनीता पनेरुले पनि ‘प्रफेक्ट कपल’ भनेर कमेन्ट गर्न भ्याएकी थिइन । कतिपयले भने यो ‘विवाह’ मा सन्देह गर्दै चर्चामा आउने फन्डाका रुपमा लिएका थिए ।

तर उनले अप्रिल १ का दिन फेसबुकमा फोटो राख्दै लेखेकी छिन, ‘त्यो बिवाह नभएर भ्यालेनटाईन डे को फोटो शुट थियो र मैलेमान्छेहरुको प्रतिकृया बुझ्न गलत समाचार सम्प्रेषण गरेकी थिए र मैले विवाह गरेकी छैन । त्यो गलत समाचार हो । त्यसका लागि आइम सरी’ ।