अन्तराष्ट्रिय एकल नाटक महोत्सवको दोस्रो दिन विभिन्न देशका फरकफरक प्रस्तुतीका नाटकहरु मञ्चन

काठमाडौंको सर्वनाम थिएटरमा जारी अन्तराष्ट्रिय एकल नाटक महोत्सवको दोस्रो दिन आज पनि विभिन्न देशका फरकफरक प्रस्तुतीका नाटकहरु मञ्चनभएका छन् ।
भारतबाटऋतुपर्णाविश्वासको लेखन तथाअभिनय रहेको नाटक ईलादी”सुरुमामञ्चनगरिएको थियो । करीब १ घण्टा भन्दालामो नाटकलाईनिर्देशकसुवेन्दु भण्डारीले निर्देशन गरेकाहुन् । सबैले डाक्टर, ईन्जिनियर, पाईलट बन्ने लक्ष्य राखेका हुन्छन् तर फरक सपनाअर्को पात्रईलादीदीजस्तै बन्ने सपना राखेकीमुक्तीको कथामानाटक आधारित थियो । अन्तराष्ट्रिय एकल नाटक महोत्सवकै लागिआफुले छुट्टै नाटक तयार पारेकोर महिला सशक्तिकरणलाई अझव्यापकबनाउनआफु सधौ लागि पर्ने ऋतुपर्णाले बताईन् ।

दोस्रो नाटक बंगलादेशकाकलाकार सामिमा स्वकेतले शोनिटर हात(ब्लड ह्यान्ड्स्)” प्रस्तुत गरेकीथिईन् ।  सामिउनजहान डोलाले निर्देशन गरेकी नाटकका लाईट डिजाईन फेज जहिरले गरेकाहुन् ।महिला हिंसा र महिलाले भोग्नुपरेको चरम पीडालाई उतारिएको यस नाटकलेदर्शकको मन छोएको थियो ।
स्कटल्यान्डकातर्फबाट तेस्रो नाटक द चियर्स वेयर मुब्ड् टुगिभमीप्यासेज”मञ्चनभएको थियो । ६८ वर्षीया तमरा मक्लर्गको अभिनय रहेको नाटकको निर्देशनअलन लिडायर्डले गरेकाहुन् ।मक्लर्ग थिएटरमा ४० वर्षदेखि नियमितअभिनयमालागिरहेकीहुन् । शारिरीकहाउभाउ सहितजीवनको यात्रालाई कलाकारले प्रस्तुत गरेकीथिईन् ।

त्यसैगरी मास्कको प्रयोग गरेर फ्रान्सकाम्याक्सीमको लेखन तथानिर्देशनमाँपर्फरमेन्स् वीथमास्क”देखाईएको थियो । जसमानेपालबाटभुमिकाचौधरीले उत्कृष्ट अभिनय गरेकीथिईन् ।थारु समुदायमाभएको कमलरी प्रथालाई निर्देशकले नाटकमा देखाएकाथिए ।वाद्यवादनमा मनोज महर्जनले भुमिका निर्वाह गरेका थिए । खचाखच भरिएको दर्शकको तर्फबाट बोल्दै बिमल बोलाखेले सर्वनामँभवन हैन भावनाहो”भन्ने आफ्नो मूलमन्त्रलाई यो महोत्सवमार्फत विश्वका विभिन्न राष्ट्रका रंगकर्मी तथा कलाकार लाई जोडेर भवनलाई भावना बनाएको अनुभूति गराएर सर्वनामको भनाई सााच्चै प्रमाणित भएको बताए ।
महोत्सवको पहिलो दिन नेपालबाट नाटककार अशेष मल्लको लेखन तथानिर्देशनको नाटक अतिरिक्तआकाश”, लण्डनका तर्फबाट द कोट” र चीनबाट जम्प”प्रदर्शन भएकाथिए । चैत २२ गतेसम्मचल्नेमहोत्सवमा १३ नाटक मञ्चनहुनेछन्।महोत्सवमाबेलायत, फ्रान्स, भारत, बंगलादेश, चीन, जर्मनी, हङकङ, स्कटल्याण्ड, नेदरल्याण्ड लगायत दर्जन देशका तीन दर्जन भन्दाबढी कलाकार तथारंगकर्मी राजधानीमा सहभागी भएका छन्।