गायिका सिर्जना कार्कीको ‘माया’ सार्वजनिक

गायिका सिर्जना कार्कीको नया“ पप गीत ‘माया’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रायः सबै गीतमा कर्णप्रिय सुनिने गायिका कार्की यो रोमान्टिक गीतमार्फत दर्शक तथा स्रोताको मन जितिरहेकी छिन् ।

पछिल्लो समय आफूले गाउने अधिकांश गीतमा आफैं संगीत सिर्जना गर्न थालेकी गायिका कार्कीले माया गीतमा पनि आफैंले संगीत भरेकी छिन् । गीतका शब्दहरु पनि उनैले रचना गरेकी छिन् । रचनामा उनलाई उनकै भाइ अर्पण कार्कीले सहयोग गरेका छन् ।
हेर्नुहोस भिडियो: