छक्का पन्जा ३ काे लाकेशन हन्टिङका लागि लमजुङकाे राईनासकाेटमा दिपाश्री

दिपाश्री निराैलाले निर्देशन गर्ने फिल्म छक्का पन्जा ३ काे लाेकेशन हेर्नका लागि निर्देशक दिपाश्री निराैला लमजुङकाे राईनासकाेट पुगेकि छिन् । छक्का पन्जाकाे सिक्वेलकाे तेश्राे चरणमा आईपु्ग्दा याे टिमले फ्रेस लाेकेसन खाेज्ने क्रममा दिपाश्री तथा निर्माता समेत रहेका सुमन गिरी राईनासकाेट पुगेका हुन् । याे टिमले लमजुङको भुजुङमा पनि उपयुक्त लाेकेशनका लागि अवलाेकन गरेकाे छ ।

छक्का पन्जा टिममा प्राय अघिल्ला छक्का पन्जामा रहेका पुरुष कलाकार दाेहाेरिने छन भने महिला कलाकारकाे छनाैट भई नसकेकाे बताईएकाे छ । दिपक राज गिरिकाे कथा तथा पटकथा रहने याे फिल्मकाे स्कृप्ट पनि फाईनल चरणमा रहेको छ ।