बलिउडका तीन ठूला खानले इरफानको फिल्म प्रमोटका लागि सहयोग गर्ने

इरफान खानको फिल्म ब्ल्याकमेल शुक्रवारबाट प्रर्दशनमा आउदैछ । तर उनको स्वस्थ र्स्थिति ठिक नभएको कारण उनले फिल्म प्रमोट गर्न पाएका छैनन् ।

यो अप्ठ्यारो समयमा इरफानलाई बलिउडका तीन ठूला खानले उनको फिल्म प्रमोटका लागि सहयोग गर्ने भएका छन्  ।

भारतीय मिडियाका अनुसार, आमिर शाहरुख र सलमानका लागि फिल्मको विशेष स्क्रीनिङ राख्ने  । र त्यसै अवसरमा उनीहरूले फिल्म प्रमोट गर्नेछन् । तीनै खान साथ आए भने प्रशंसकहरूका लागि राम्रो खबर समेत हुने जनाएका छन् ।

इरफानलाई न्यूरो इन्डोक्राइन ट्यूमर नामक रोगका कारण उनि अहिले लन्डनमा यसको उपचार गराइरहेका छन् ।

हालै अमिताभ बच्चनका लागि ब्ल्याकमेल फिल्मको विशेष शोको आयोजना गरिएको  थियो । र म हेरेर उनले फिल्मको बारेमा  धेरै तारिफ गरेका थिए ।