भारत सरकारले आमिर खानलाई भारतीय सेवालाई चीनमा माग बढाउने जिम्मेवारी दिँदै ब्रान्ड एम्बेसडर बनाउने

भारत सरकारले अव बलिउड स्टार आमिर खानको सहारा लिने तयारी गरेको छ ।

केन्द्रिय वाणिज्य मन्त्रालयका अनुसार भारत सरकारले आमिर खानलाई भारतीय सेवालाई चीनमा माग बढाउने जिम्मेवारी दिँदै उनलाई ब्रान्ड एम्बेसडर बनाउन लागेको छ । यस जिम्मेवारीको माध्यममा चीनको सर्विस क्षेत्रमा भारतको एक मजबूद दाबेदारी पेश गर्नुपर्ने हुन्छ ।

उत्पादन क्षेत्रमा चीनसँग भारतको व्यापार घाटा लगभग ५१ बिलियन डलर हरेको छ । सेवा क्षेत्रमा यो घाटा २७० मिलियन डलर रहेको छ ।

भारतीय मिडिया अनुसार, भारत सरकारले आमिर खान चीनमा लोकप्रिय भएका कारण यस्तो कदम उठाएको हो ।

आमिरको फिल्मले चीनमा निकै सफल भएको थियो ।