रणवीर सिंहको भन्दा वरुण धवनको पारिश्रमिक धेरै

इन्डीयन प्रीमियर लिग आईपीएलको शुरुवात ७ अप्रिलबाट हुनेछ ।

आईपीएलको उद्घाटन समारोहमा विभिन्न प्रस्तुति साथै रणवीर सिंहले पनि डान्स गर्ने र १५ मिनेट डान्स गरे वापत उनले करोडौं शुल्क लिने चर्चाले अहिले बलिउडमा तहल्का मचाई रहेको छ ।
यसै क्रममा अर्को हल्ला पनि सार्वजनिक भएको छ, रणवीर सिंहबाहेक यहाँ, वरुण धवन, जैकलीन फर्नाडिज र परिणीति चोपडाले समेत डान्स गर्ने छन् ।
वरुण धवनलाई रणवीर सिंहलाई भन्दा धेरै पारिश्रमिक दिइए खबर पनि अहिले मिडियामा सार्वजनिक भइरहेको छ ।
वरुण धवन करीब १० करोड पारिश्रमिक दिइने जानकारी प्राप्त भएको छ ।