दीपिका र रणवीरको विवाह मिति तय

दीपिका पादुकोण र रणवीर सिंहको विवाह हुने हल्ला लामो समय देखि निकै चलिरहेको छ ।
यसै क्रममा भारतीय मिडिया अनुसार,दीपिका र रणवीरको विवाह मिति तय भएको छ ।

दीपिका र रणवीर आगामी सेप्टेम्बर र डिसेम्बरको बीचमा विवाहको बन्धनमा बाँधिनेछन् । परिवारका सदस्यहरुले सेप्टेम्बर र डिसेम्बरबीच चारवटा मिति तय भएको छ । मिडियाका अनुसार, विवाह निजी र हिन्दु ऋतिरिवाज अनुसार हुनेछ । विवाहमा परिवार र नजिकका मित्रहरु मात्र सहभागी हुनेछन् ।