लिंखा मगर उत्कृष्ट गीतकार घोषित

गीतकार पद्मा लिंखा मगर उत्कृष्ट गीतकार घोषित भएकी छिन् । रेडियो नेपालद्वारा आयोजित राष्ट्रव्यापी खुल्ला आधुनिक संगीत प्रतियोगितामा उनी उत्कृष्ट गीतकार घोषित भएकी हो ।

६८ औं वार्षिक उत्सवको अवसरमा रेडियो नेपालले उनलाई उत्कृष्ट घोषित भएको फेसबुक मार्फत सार्वजनिक गरेकी हुन् । अमेरिकामा रहदै आएकी लिंखा नेपाली गीत लेखनमा सक्रिय छिन्। उनले लेखेको गीतमा सिडी विजय अधिकारीको स्वर दिएका छन् भने राजकुमार बगरको संगीत रहेको छ ।